२७ मंसिर, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ। बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले प्रहरीलाई लामिछानेमाथि थप अनुसन्धान गर्न पाँच दिनको म्याद थप्न स्वीकृति दिएको हो।
लामिछानेलाई कार्तिक २ गते पार्टीको केन्द्रिय कार्यालय बनस्थलीबाट पक्राउ गरिएको थियो। उनलाई सहकारी ठगी, सम्पत्ति शुद्धीकरण, र संगठित अपराधमा संलग्न भएको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार लामिछानेमाथिको अनुसन्धान प्रक्रिया अन्तिम चरणमा पुगेको छ। अदालतको आदेशले थप प्रमाण संकलनका लागि समय दिएको छ।
- Jigyasa media