काठमाडौं, चैत १९ – संसद्को हिउँदे अधिवेशन अन्तर्गत आज (मंगलबार) अन्तिम बैठक बस्ने भएको छ। सोमबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते राति १२ बजे हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिसकेको छ।
संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको अन्तिम बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ। गत माघ १८ गते सुरु भएको हिउँदे अधिवेशनले सरकारले ल्याएका पाँच वटा अध्यादेश दुवै सदनबाट पारित गरिसकेपछि अधिवेशन नै अन्त्य गर्ने निर्णय गरिएको हो।
अब सरकार पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम तथा आगामी बजेट प्रस्तुत गर्नका लागि बर्खे अधिवेशन बोलाउनेछ।
यसैबीच, राष्ट्रिय सभाको बैठक चैत २५ गतेका लागि बोलाइए पनि अब बस्न नसक्ने भएको छ।
अर्कोतर्फ, प्रधानमन्त्री केपी शर्मा ओली आजै थाइल्यान्डको औपचारिक भ्रमणका लागि प्रस्थान गर्ने कार्यक्रम छ।
- Jigyasa media