Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

रवि लामिछाने थुनामै रहने, सर्वोच्च अदालतले दिएन रिहा आदेश

  •   १ वर्ष अघि | ९ जेष्ठ २०८२, शुक्रबार

जिज्ञासा नेपाल, जेठ ९ – सुप्रिम सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अझै थुनामै रहने भएका छन्। सर्वोच्च अदालतले उनलाई रिहा गर्न अस्वीकार गर्दै पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालत बुटवलको निर्णय सदर गरेको हो।

शुक्रबार न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले लामिछानेविरुद्ध दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै उनलाई थुनामुक्त गर्न नमिल्ने आदेश सुनाएको हो।

यसअघि उच्च अदालत बुटवलले जिल्ला अदालत रुपन्देहीको थुनामुक्त आदेश उल्ट्याउँदै लामिछानेलाई थुनामा पठाउने निर्णय गरेको थियो। त्यसैको आधारमा लामिछाने पुर्पक्षका लागि थुनामा राखिएका थिए।

उनको तर्फबाट पत्नी निकिता पौडेलले ‘गैरकानुनी रूपमा थुनामा राखिएको’ भन्दै बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्। तर, सर्वोच्च अदालतले उक्त रिट खारेज गर्दै उच्च अदालतको निर्णयलाई कायम राखेको छ।

अब सुप्रिम सहकारी ठगी मुद्दामा जिल्ला अदालत रुपन्देहीबाट सफाइ नपाएसम्म रवि लामिछाने थुनामै रहने छन्।

  • Jigyasanepal

थप