Breaking News
प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||    

नेपाल साफ यू-२० च्याम्पियनसिपको फाइनलमा, पेनाल्टी सुटआउटमा भुटानलाई हरायो

  •   २ वर्ष अघि | ९ भदौ २०८१, आइतवार

काठमाडौं। नेपाल साफ यू-२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। आइतबार एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले पेनाल्टी सुटआउटमा भुटानलाई ४-१ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट लिइयो। पेनाल्टी सुटआउटमा नेपालका राम थापा, अविनाश स्याङ्गतान, सीमान्त थापा, र जियारथ शेखले गोल गरे भने भुटानका तर्फबाट जेत्सुन दोर्जी मात्र गोल गर्न सफल भए।

नेपालका गोलकिपर जियारथ शेखले भुटानका दुई पेनाल्टी बचाउँदै खेलका नायक बने। अब नेपालले भारत र बंगलादेशबीचको दोस्रो सेमिफाइनलको विजेतासँग फाइनल खेल्नेछ। फाइनल खेल आगामी बुधबार हुनेछ।

  • Jigyasa media

थप