Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

कैलालीमा दुई मोटरसाइकल आपसमा ठोक्किंदा दुई जनाको मृत्यु

  •   २ वर्ष अघि | १५ असोज २०८१, मङ्लबार

धनगढी, असोज १५ – पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको गौरीगंगा नगरपालिका-१ गोप्कामा दुई मोटरसाइकल एकआपसमा ठोक्किंदा दुई जनाको मृत्यु भएको छ। दुर्घटना सोमबार राति भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार, पश्चिमबाट पूर्वतर्फ गइरहेको से६ प६२७९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको बा९५प९२५२ नम्बरको मोटरसाइकल ठोक्किँदा जानकी गाउँपालिका-८ निवासी २० वर्षीय निर्मल चौधरी र कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-७ निवासी २६ वर्षीय चिरञ्जीवी मल्लको घटनास्थलमै मृत्यु भएको हो।

घाइते भएका दुवैलाई तत्काल धनगढीको नवजीवन अस्पताल पुर्याइए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए।

दुर्घटनामा बा९५प ९२५२ नम्बरको मोटरसाइकलमा सवार कञ्चनपुरका २२ वर्षीय दिपक बोहोरा गम्भीर घाइते भएका छन् र उनको उपचार नवजीवन अस्पतालमा भइरहेको छ। दुवै मृतकको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेकोजनाएको छ।


  • Jigyasa media

थप