Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

धनगढीमा मोटरसाइकल दुर्घटना: चालकको मृत्यु, एक जना घाइते

  •   २ वर्ष अघि | १६ भदौ २०८१, आइतवार

धनगढी, भदौ १६ – शनिबार राति धनगढीमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

गोदावरी नगरपालिका-१ धनगढी रोडस्थित पाठक पेट्रोल पम्प नजिकै राति करिब सवा एक बजेतिर ना४ख ९६३ नम्बरको ट्रकमा से५प ५८२७ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो। 

धनगढी उपमहानगरपालिका-२ भन्सार रोडका २९ वर्षीय कैलाश थापाको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी कबिन्द्रसिंह बोहोराले जानकारी दिए। थापालाई गम्भीर अवस्थामामा सेती प्रादेशिक अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा उनको मृत्यु भएको हो।

मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका २५ वर्षीय भुपेश पाल घाइते भएका छन्। उनको अत्तरिया स्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले दुर्घटनामा संलग्न ट्रक र चालक बझाङको वित्थडचिर गाउँपालिका-२ निवासी भरत बोहोरालाई नियन्त्रणमा लिएको छ। 

  • Jigyasa media

थप