Breaking News
तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||    

नेपालमा टिकटकमाथिको प्रतिबन्ध हटाइयो, शर्तसहित सेवा पुनः सुरु

  •   २ वर्ष अघि | २१ भदौ २०८१, शुक्रबार

काठमाडौं । सरकारले नेपालमा सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाएको छ। सबै मोबाइल र इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई टिकटकको सेवा पुनः सुरु गर्न निर्देशन दिइएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार जारी गरेको सूचनामा मन्त्रिपरिषदको निर्णयअनुसार टिकटकमाथिको प्रतिबन्ध हटाउन निर्देशन दिइएको हो। 

प्रतिबन्ध हटाउन सरकारले टिकटकका प्रतिनिधिहरूसँग शर्त राखेको थियो, जसका लागि टिकटकका प्रतिनिधिहरू सिंगापुरबाट काठमाडौं आएका थिए। बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको छलफलमा टिकटकले सरकारका सबै शर्तहरू स्वीकार गर्ने प्रतिवद्धता जनाएपछि प्रतिबन्ध हटाउने प्रक्रिया अघि बढाइएको थियो। 


सरकारले टिकटकले सामाजिक सद्भाव खलबल्याएको भन्दै २७ कात्तिक २०८० मा प्रतिबन्ध लगाएको थियो। करिब साढे नौ महिनापछि, गत ६ भदौमा मन्त्रिपरिषदको बैठकले शर्तसहित टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो।

अब टिकटकले सरकारले निर्धारण गरेका शर्तहरूको पालना गर्दै पुनः सञ्चालनमा आउनेछ, जसले सामाजिक जिम्मेवारीलाई ध्यानमा राखेर सञ्जालको सही प्रयोगलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

  • Jigyasa media

थप