Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

कालीकोटमा ट्याक्टर दुर्घटनामा ४ जनाको मृत्यु, घटनास्थलतर्फ प्रहरी परिचालित

  •   १ वर्ष अघि | ८ बैशाख २०८२, सोमवार

सुर्खेत, वैशाख ८ गते । कालीकोटको पलाँता गाउँपालिका–२ मा गएराति भएको एक भीषण ट्याक्टर दुर्घटनामा चार जनाको ज्यान गएको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको भए पनि प्रारम्भिक जानकारी अनुसार घटनास्थल दर्दनाक छ।

जिल्ला प्रहरी कार्यालय, कालीकोटका अनुसार आइतबार राति करिब १२ बजे दुर्घटनाको जानकारी प्राप्त भएको हो। प्रहरी निरीक्षक टेकबहादुर रावतले नेपालखबरसँग कुरा गर्दै भने, “दुर्घटनामा ज्यान गुमाउने चारै जनाको परिचय खुल्न बाँकी छ। ट्याक्टरको नम्बरसमेत यकिन भएको छैन। प्रहरी टोली तत्काल घटनास्थलतर्फ परिचालित भएको छ।”

स्थानीयहरूका अनुसार दुर्घटना गम्भीर प्रकृतिको छ, र ज्यान गुमाउनेहरू सबै सवार मजदुर भएको आशंका गरिएको छ। दुर्घटनाको कारण र थप विवरणका लागि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रहरी घटनास्थल पुगेपछि मात्र मृत्यु भएका व्यक्तिहरूको पहिचान र घटनाको स्पष्ट विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ।

  • K

थप