Breaking News
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, दिउँसोपछि थप सक्रिय हुने सम्भावना    ||     तारा सुवेदीको ‘अनभूतिका महक’ लोकार्पित    ||     तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||    

कालीकोटमा हाइस दुर्घटना, आठ जना घाइते

  •   २ वर्ष अघि | २२ भदौ २०८१, शनिबार

कालीकोट – कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा–५ खल्लागाडमा आज दिउँसो हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। 

जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ००९८ नम्बरको हाइस गाडी दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा घाइते भएका आठमध्ये पाँच जनाको अवस्था गम्भीर छ। 

हाइसमा १८ जना सवार थिए। घाइते हुनेहरूमा सिञ्जा–३ का ५२ वर्षीय धनमाने सार्की, ६० वर्षीय मनजिते सार्की, ६५ वर्षीया जर्मा सुनार, ६४ वर्षीया मनकन्या चौलागाईं, जुम्ला कनकासुन्दरी–६ का ३९ वर्षीय कर्ण भण्डारी, कालीकोटका तिलप्रसाद न्यौपाने, जयचन्द्र चौलागाईं र पूर्णप्रसाद चौलागाईं रहेका छन्। 

घाइतेहरूको राचुली नगर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ। 

प्रहरीको प्रारम्भिक अनुमान अनुसार, गाडीको ब्रेक फेल भएर दुर्घटना भएको हो। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

  • Jigyasa media

थप