Breaking News
गुजरातमाथि आरसीबीको विराट जित, लगातार दोस्रोपटक आईपीएल फाइनलमा प्रवेश    ||     धुलिखेलमा स्कुटर दुर्घटना : २० वर्षीय युवकको ज्यान गयो    ||     खुर्कोट हिरासत मृत्यु प्रकरणः एसपीसहित १० प्रहरीमाथि कारबाही सिफारिस    ||     काठमाडौँमा रातिदेखि वर्षा, दिउँसोपछि फेरि पानी पर्ने सम्भावना    ||     पनौतीमा श्रीमद्भागवत महायज्ञको कोषलाई लिएर विवाद    ||     सुनकोसीमा पौडी खेल्ने क्रममा दुई बालकको दुःखद मृत्यु    ||     सडकमा युवाको मृत्युयात्रा: हरेक दुई दिनमा १५ जनाको ज्यान जाँदा पनि किन रोकिँदैन दुर्घटना?    ||     हारको समीक्षा गर्दै एमाले पुनर्गठनतर्फ, बादलको संयोजकत्वमा शक्तिशाली कार्यदल गठन    ||     संखुवासभामा १६९ मिमि वर्षा, बाढी–पहिरोको उच्च जोखिम    ||     ६ जिल्लामा तातो लहरको चेतावनी, ४० डिग्रीभन्दा बढी तापक्रम पुग्ने सम्भावना    ||    

चीनको छेन्दुमा सुजता कोइराला नेतृत्वको नेपाली कांग्रेस प्रतिनिधिमण्डल, उच्चस्तरीय भेटवार्ता

  •   १ वर्ष अघि | १५ फाल्गुन २०८१, बिहिबार

छेन्दु, चीन – नेपाली कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री सुजता कोइराला नेतृत्वको प्रतिनिधिमण्डलले चीनको सिचुवान प्रान्तका प्रमुख नेताहरूसँग छेन्दुमा महत्त्वपूर्ण भेटवार्ता गरेको छ। दुई पक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले भएको यस भेटमा आपसी सहयोगका विविध क्षेत्रबारे गहन छलफल भएको छ।

कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनमा सहकार्यको छलफल

भेटमा सहभागी नेपाली कांग्रेसका नेता बर्मा लामाका अनुसार छलफलका क्रममा कृषि, शिक्षा, स्वास्थ्य, सञ्चार र पर्यटन जस्ता महत्त्वपूर्ण क्षेत्रमा सहकार्य गर्ने विषयमा कुराकानी भएको थियो। नेतृ कोइरालाले नेपाल-चीन सम्बन्धलाई ऐतिहासिक र सौहार्दपूर्ण भन्दै नेपालको हित र विकासका लागि चीनले पुर्‍याउँदै आएको सहयोगको सराहना गरिन्। साथै, चीनको चासो र हितप्रति नेपाल सरकार र कांग्रेस सचेत रहेको उनले स्पष्ट पारिन्।

कांग्रेस–सीपीसी सम्बन्ध थप मजबुत

भेटवार्तामा सहभागी नेपाली नेताहरू किरण यादव र देवराज चालिसेका अनुसार यस भेटवार्ताले नेपाली कांग्रेस र चीनको कम्युनिस्ट पार्टी (CPC) बीचको सम्बन्ध थप मजबुत बनाउने विश्वास गरिएको छ। यसले नेपाल-चीन आपसी हितका क्षेत्रमा सहयोग अभिवृद्धि गर्न मार्ग प्रशस्त गर्ने उल्लेख गरिएको छ।

नेपाल-चीन सांस्कृतिक सहकार्यबारे छलफल

नेपाल-चीन सम्बन्धलाई अझ नजिक ल्याउन सांस्कृतिक सहकार्यलाई प्रवर्द्धन गर्ने विषयमा पनि छलफल भएको थियो। चिनियाँ नेताहरूले नेपालको सांस्कृतिक विकासमा सहकार्य गर्न इच्छुक रहेको बताए।

प्रतिनिधिमण्डल र चिनियाँ नेताहरूको सहभागिता

भेटवार्तामा कांग्रेसका १५ जना नेताहरू सहभागी थिए। चिनियाँ पक्षबाट सिचुवान प्रान्तका स्थायी कमिटी सदस्य पुबु डुन्झु, विदेश विभाग निर्देशक झाङ फेन लगायतका ८ जना वरिष्ठ नेता सहभागी थिए।

सिचुवानको अवलोकनपछि बेइजिङ यात्रा

भेटवार्ताअघि कोइराला नेतृत्वको टोलीले सिचुवानको प्रसिद्ध म्युजियम र सांस्कृतिक स्थलहरूको अवलोकन गरेको थियो। नेपाली टोली चार दिन छेन्दुमा बसेपछि बेइजिङ प्रस्थान गर्नेछ। बेइजिङमा पनि चिनियाँ उच्च अधिकारीहरूसँग सौहार्दपूर्ण भेटवार्ता तय गरिएको नेतृ कोइरालाले जानकारी दिइन्।

यस भेटवार्ताले नेपाल-चीन सम्बन्धलाई अझ सशक्त बनाउँदै भविष्यमा आपसी सहकार्यका नयाँ अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ।


  • Jigyasa media

थप