Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

संसदमा २६ वर्षीय जेन्जी युवा खनालको सानदार इन्ट्री

  •   ७ महिना अघि | २३ फाल्गुन २०८२, शनिबार

२०८२ फागुन २३

नवलपुर । पूर्वी नवलपरासीको क्षेत्र नम्बर २ बाट २६ वर्षीय नवयुवा मनिष खनाल प्रतिनिधि सभा सदस्यमा सानदार जीत हासिल गर्दै संसदमा प्रवेश गरेका छन । राष्ट्रिय स्वतन्त्र पार्टीको उमेदवारका रुपमा प्रतिनिधि सभा सदस्यमा निर्वाचनका लागि चुनावी मैदानमा होमिएका जेन्जी युवा खनाल ४१ हजार ३ सय ७४ मतका साथ विजयी भएका हुन । खनालले ३२ वर्षदेखि नेकपा एमालेले विजय हासिल गर्दै आएको नवलपरासी ब सु पूर्व क्षेत्र नम्बर २ मा आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका तिलबहादुर महतलाई २५ हजार ५ सय ९२ मतको फराकिलो मतान्तरले पराजित गरेका छन । महत यही क्षेत्रमा लगातार तेस्रो पटक उम्मेदवार थिए । त्यस्तै नेपाली कांग्रेसका ओम बहादुर घर्तीले १४ हजार ७ सय १३ मत हासिल गरी तेस्रो स्थानमा रहेका छन ।

 सानै उमेरदेखि राजनीतिमा रुचि भएका पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नं ६ घर भएका खनाल गत भदौ २३ र २४ मा भएको जेन्जी आन्दोलन पछि चर्चामा आएका थिए । २० वर्षकै कलिलो उमेरमा विवेकशील साझा पार्टीबाट आफ्नो राजनीति यात्रा सुरु गरेका खनाल २०७६ सालमा जनकपुरमा सम्पन्न तत्कालीन विवेकशील साझा पार्टीको महाधिवेशनबाट २० वर्षकै उमेरमा सबैभन्दा कम उमेरका केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

  • Jigyasanepal

थप