Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

उजुरी छानबिनपछि आज उम्मेदवारको नामावली सार्वजनिक हुँदै

  •   ९ महिना अघि | ८ माघ २०८२, बिहिबार

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारको नामावली आज सार्वजनिक गरिने भएको छ। निर्वाचन आयोगका अनुसार उम्मेदवारी पत्र र उम्मेदवारविरुद्ध दर्ता भएका उजुरीमाथि जाँचबुझ गरी आवश्यक निर्णयपछि आज साँझ ५ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।

आयोगले यसअघि माघ ७ गते बुधबार उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्न समय दिएको थियो। दर्ता भएका उजुरीको छानबिन सम्पन्न गरी योग्य ठहरिएका उम्मेदवारको सूची सार्वजनिक गर्न लागिएको हो।

निर्वाचन तालिकाअनुसार माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन्। त्यसै दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिने छ भने अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ।

आयोगका अनुसार आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सबै प्रक्रिया समयमै र कानुनअनुसार अघि बढाइँदै आएको आयोगको भनाइ छ।

उम्मेदवारी दर्ताका क्रममा देशभरका निर्वाचन कार्यालयमा उल्लेख्य चहलपहल देखिएको थियो। 

निर्वाचन प्रक्रिया निर्णायक चरणमा प्रवेश गरेसँगै राजनीतिक दल र उम्मेदवारहरूको गतिविधि तीव्र बन्दै गएको छ।

  • Jigyasanepal

थप