Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

नेपालमा, बंगलादेश र म्यानमारमा जस्तो चुनाव हुन नदिने चलखेल सुरु भयो : ओली

  •   ११ महिना अघि | २३ कार्तिक २०८२, आइतवार

काठमाण्डौ ।

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अधिनायकवादको संकेत देखिन थालेको आरोप लगाएका छन्।

उनले बंगलादेश र म्यानमारमा चुनावको मिति सार्दै अधिनायकवादी शासनलाई दीर्घकालीन बनाइएको जस्तै नेपालमा पनि सोही क्रम दोहोर्‍याउने प्रयास भइरहेको दाबी गरे।

आइतबार काठमाडौँमा आयोजित राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘जहाँ अधिनायकवाद सुरु हुन्छ, त्यहाँ चुनाव गराउने भनेर घोषणा हुन्छ तर त्यसको मिति पटक-पटक सारिँदै जान्छ। म्यानमारमा ६ वर्ष भयो, चुनावको मिति सरेको छ। बंगलादेशमा पनि डेढ वर्ष भयो, अझै चुनाव हुन सकेको छैन। अहिले नेपालमा पनि त्यही अनुभव दोहोर्याउन खोजिएको छ।’

उनले देशलाई पुनः द्वन्द्व, तनाव, पारस्परिक द्वेष र घृणातर्फ धकेल्ने प्रयास भइरहेको भन्दै त्यसलाई रोक्न सबै सचेत हुनुपर्नेमा जोड दिए। ‘यो राष्ट्रका लागि अनिष्टकारी परिस्थिति हो, यसलाई दीर्घकालीन रूपमा रहन दिनु हुँदैन,’ ओलीले चेतावनी दिए।

उनले जेनजीको नाममा देशलाई द्वन्द्वमा फसाउने प्रयास भइरहेको भन्दै त्यसले राजनीतिक स्थायित्व र लोकतान्त्रिक प्रणालीलाई कमजोर पार्ने खतरा रहेको पनि दोहोर्‍याए।

  • Jigyasanepal

थप