Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

कुलिङ पिरियड विवाद : रामहरि खतिवडाको पदत्याग, जिम्मेवारीको उदाहरण दिएर हाँसीहाँसी विदा

  •   १ वर्ष अघि | २७ साउन २०८२, मङ्लबार

काठमाडौं, साउन २७ – प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मंगलबार पदबाट राजीनामा दिएका छन्। संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानमा देखिएको विवादको बीचमा उनले “जिम्मेवारी लिनुपर्छ” भन्दै सभामुखको रोहबरमा सभापतिको कुर्सी त्यागेका हुन्।

विधेयकमा विवादास्पद भाषा घुसाइएपछि आलोचना

संघीय निजामती सेवा विधेयकमा ‘२ वर्षे कुलिङ पिरियड’ सम्बन्धी प्रावधानलाई निष्प्रभावी बनाउने भाषा प्रतिवेदनमा समावेश भएपछि खतिवडामाथि व्यापक आलोचना भएको थियो।
यसको छानबिनका लागि बनेको संसदीय विशेष समितिले २७ दिनको अध्ययनपछि साउन २० गते खतिवडासहितलाई जिम्मेवार ठहर गरेको थियो।

सभामुखसँग भेटेर राजीनामाको घोषणा

आजको संसद् बैठक सुरु हुनु अघि खतिवडाले सभामुख देवराज घिमिरे र कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेसँग भेट गरी आफ्नो निर्णय सुनाएका थिए।
बैठकमा सम्बोधन गर्दै उनले भने–

“विधेयकमा मेरो हस्ताक्षर भएकै कारण जिम्मेवारी लिनुपर्छ भन्ने लाग्यो। पदलाई भन्दा प्रश्नलाई माथि राखेर आज हाँसीहाँसी राजीनामा दिएको घोषणा गर्दछु।”

‘त्रुटि मबाट होइन’

खतिवडाले विवादित भाषा घुसाउने कार्यमा आफ्नो प्रत्यक्ष संलग्नता नरहेको दाबी गरे।
उनले स्पष्ट पारे–

  • सुरुदेखि नै २ वर्षे कुलिङ पिरियडको पक्षमा रहेको
  • समितिबाट विधेयक पारित गरेर संसदमा पठाइएको
  • त्रुटि प्रतिवेदन लेख्ने क्रममा भएको देखिएको
  • उच्च श्रेणीका कर्मचारीको चलखेल भएको

“रामहरि खतिवडा दोषी भनेर किटान गरिएको छैन, तर किसुनजीबाट दीक्षित भएकाले पदभन्दा प्रश्नलाई ठूलो मानेँ,” उनले भने।

विवादको पृष्ठभूमि

कुलिङ पिरियड प्रावधानले निजामती सेवामा उच्च पदमा निरन्तर बस्न रोक लगाउँछ। तर, प्रतिवेदनको भाषा परिवर्तनले प्रावधान निष्प्रभावी हुने अवस्था सिर्जना भएपछि यसलाई नियोजित चलखेलका रूपमा आलोचना गरिएको थियो ।

  • Jigyasanepal

थप