Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

प्रधानमन्त्री ओलीको राजीनामापछि राजनीतिक संकट : अब नागरिक सरकार कि संवैधानिक प्रक्रिया ?

  •   १ वर्ष अघि | २४ भदौ २०८२, मङ्लबार

२४ भदौ, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएसँगै मुलुक नयाँ राजनीतिक अन्यौलतर्फ धकेलिएको छ । आन्दोलनकारीले ताजा जनादेशसहितको अन्तरिम नागरिक सरकार गठनको माग अघि सारिरहेका छन् भने संविधानविद्हरूले भने संसद र संवैधानिक प्रक्रियाबाटै निकास खोज्नुपर्ने सुझाव दिएका छन् ।

जेनजी आन्दोलनका प्रमुख अगुवाहरूले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको राजीनामा र ताजा जनादेशका लागि म्याडेटप्राप्त नागरिक सरकार गठन गर्नुपर्ने माग राखेका थिए । आन्दोलनकारी अभिजित अधिकारी, युजन राजभण्डारी, रक्षा बम, प्रदीप ज्ञवाली, मनिष खनाल, तनुजा पाण्डे र विनोद देउवाले जारी गरेको विज्ञप्तिमा ५ बुँदे मागमध्ये नागरिक सरकार गठन दोस्रो प्रमुख एजेन्डा रहेको उल्लेख छ ।

तर, संविधान अनुसार नयाँ प्रधानमन्त्री संसदकै बाटोबाट चयन हुनुपर्ने प्रावधान छ । संविधानविद् टिकाराम भट्टराईका अनुसार, “राजनीतिक समाधान संविधान र संसदको बाटोमै खोज्नुपर्छ । आन्दोलनकारीको भावनालाई सम्बोधन गर्ने तर संविधानको दायराभित्रै समाधान गर्नुपर्ने हुन्छ ।”

यद्यपि आन्दोलनकारी पक्षले नागरिक सरकार गठनका लागि आफ्ना नेता तय गर्ने, सर्वदलीय वा सर्वपक्षीय सहमति जुटाउने र त्यसपछि राष्ट्रपतिबाट नियुक्त गर्ने प्रक्रियाबारे अझै स्पष्टता दिन सकेका छैनन् ।

यसबीचमा मुलुकभर आन्दोलनले चर्को रूप लिँदै गएको छ । आन्दोलनकारीहरू ताजा जनादेशबिनै गठन हुने सरकारलाई अस्वीकार गर्ने चेतावनी दिइरहेका छन् । अर्कोतर्फ, सबैलाई स्वीकार्य हुने व्यक्तित्व अगाडि आएर वर्तमान अराजकता र अनिश्चिततालाई रोक्नुपर्ने आवाज पनि बढ्दो छ ।

अबको प्रश्न के हो भने — देश संवैधानिक प्रक्रियाबाटै निकास खोज्ने हो कि आन्दोलनकारीको दबाबअनुसार नयाँ प्रयोग स्वरूप नागरिक सरकारतर्फ जाने हो ? यही मोडमा नेपालको राजनीतिक भविष्य उभिएको छ ।

  • Jigyasanepal

थप