Breaking News
धुलिखेलमा स्कुटर दुर्घटना : २० वर्षीय युवकको ज्यान गयो    ||     खुर्कोट हिरासत मृत्यु प्रकरणः एसपीसहित १० प्रहरीमाथि कारबाही सिफारिस    ||     काठमाडौँमा रातिदेखि वर्षा, दिउँसोपछि फेरि पानी पर्ने सम्भावना    ||     पनौतीमा श्रीमद्भागवत महायज्ञको कोषलाई लिएर विवाद    ||     सुनकोसीमा पौडी खेल्ने क्रममा दुई बालकको दुःखद मृत्यु    ||     सडकमा युवाको मृत्युयात्रा: हरेक दुई दिनमा १५ जनाको ज्यान जाँदा पनि किन रोकिँदैन दुर्घटना?    ||     हारको समीक्षा गर्दै एमाले पुनर्गठनतर्फ, बादलको संयोजकत्वमा शक्तिशाली कार्यदल गठन    ||     संखुवासभामा १६९ मिमि वर्षा, बाढी–पहिरोको उच्च जोखिम    ||     ६ जिल्लामा तातो लहरको चेतावनी, ४० डिग्रीभन्दा बढी तापक्रम पुग्ने सम्भावना    ||     अनित्य जीवन, असल कर्म र समाजप्रतिको उत्तरदायित्व    ||    

राष्ट्रपति पौडेल आज कतार प्रस्थान, विश्व सामाजिक विकास शिखर सम्मेलनमा गर्नेछन् नेपालको तर्फबाट सम्बोधन

  •   ७ महिना अघि | १७ कार्तिक २०८२, सोमवार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज सोमबार चारदिने औपचारिक भ्रमणका लागि कतार प्रस्थान गर्दैछन्। बिहान ९:१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पौडेल कतारतर्फ उडान भर्ने तयारीमा छन्।

राष्ट्रपति पौडेलले कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा विश्व सामाजिक विकास शिखर सम्मेलन (World Summit for Social Development) मा सहभागी हुन लागेका हुन्। यो सम्मेलन कतार सरकार र संयुक्त राष्ट्रसंघको इकोनोमिक एन्ड सोसल काउन्सिल (ECOSOC) को सहआयोजनामा हुँदैछ।

राष्ट्रपति पौडेलको साथमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डल पनि कतार प्रस्थान गर्नेछ।

परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार, राष्ट्रपति पौडेलले कात्तिक १८ गते सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सम्मेलनमा उनले नेपालले सामाजिक न्याय, समावेशी विकास र विश्व शान्तिका लागि दिएको योगदानबारे धारणा राख्नेछन्।

भ्रमणका क्रममा राष्ट्रपति पौडेलले कतारका अमिर तामिम बिन हमद अल थानीसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गर्नेछन्। त्यस्तै उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग समेत भेटघाट गर्ने कार्यक्रम छ।

राष्ट्रपति पौडेलको यो भ्रमणलाई नेपालका लागि वैदेशिक सम्बन्ध सुदृढीकरण र श्रम–कूटनीति सुदृढ पार्ने अवसरका रूपमा हेरिएको छ।

सन् १९९५ मा पहिलोपटक डेनमार्कको कोपनहेगनमा आयोजना भएको यो सम्मेलन ३० वर्षपछि पुनः आयोजना हुन लाग्दैछ। विश्वका विभिन्न देशका राष्ट्राध्यक्ष र सरकार प्रमुखहरू सहभागी हुने उक्त सम्मेलनमा सामाजिक न्याय, समावेशी विकास र गरिबी निवारणका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

राष्ट्रपति पौडेल आगामी कात्तिक २० गते सम्मेलनमा सहभागिता पूरा गरी स्वदेश फर्कने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।

  • Jigyasanepal

थप