काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरू हुँदैछ। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका अनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिनेछ।
आगामी चैत ५ गते हुने निर्वाचनका लागि सोमबार नै उम्मेदवारहरूले मनोनयन पत्र लिइसकेका छन्। त्रिविले निर्धारित कार्यतालिका अनुसार ६२ आङ्गिक क्याम्पस र १,०४० सम्बन्धन प्राप्त क्याम्पसहरूमा एकैसाथ मतदान हुनेछ।
यस वर्षको स्ववियु निर्वाचनमा २८ वर्ष उमेर हद लागू गरिएको छ भने मिश्रित निर्वाचन प्रणाली अपनाइएको छ। विद्यार्थी संगठनहरू आ–आफ्ना उम्मेदवार दर्ता गराउँदै चुनावी तयारी तीव्र पारिरहेकाछन्।
- Jigyasa media