Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

बनेपाबाट सुरु भयो देशव्यापी भ्रष्टाचारविरोधी संघर्ष — व्यवस्था परिवर्तनको आह्वान

  •   १ वर्ष अघि | ५ असार २०८२, बिहिबार

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा पत्रकार सम्मेलनमार्फत स्पष्ट सन्देश : “अब मौन बस्ने समय सकियो”

✍️ प्रदीप अस्तानी, बनेपा, काभ्रे

देशमा मौलाउँदै गएको भ्रष्टाचार, अनियमितता र वेथितिविरुद्धको सशक्त संघर्षको झण्डा लिएर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल मैदानमा उत्रिएको छ। पार्टीको १० नं. ब्यूरोको आयोजनामा बनेपामा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले असार ५ गतेदेखि देशव्यापी रूपमा सुरु गरिएको भ्रष्टाचारविरोधी अभियानमा सबै जनसमुदाय, श्रमिक, बुद्धिजीवी, मिडिया र राजनीतिक सचेत वर्गलाई साथ दिन आग्रह गरेको छ।


🗣️ संघर्ष अब मौनतामा होइन, प्रतिरोधमा
पत्रकार सम्मेलनमा १० नं. ब्यूरो इन्चार्ज सुरेश श्रेष्ठ र ब्यूरो सचिव सोमान सिंह तामाङले संयुक्त रूपमा भनाइ राख्दै,

“देशमा भ्रष्टाचार, मानव तस्करी, ठूला आर्थिक घोटाला र सिण्डिकेट प्रवृत्तिले सामाजिक संरचना कुहिएको छ। अब चुप बस्ने होइन, प्रतिरोध गर्ने समय हो।”

🔍 ‘पात्र बदलिँदैमा व्यवस्था फेरिँदैन’
पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ कि वर्तमान राजनीतिक संरचना नै भ्रष्टाचारको मुल जरा भएको हुँदा नयाँ अनुहारको सरकार आए पनि सिस्टम नफेरिएसम्म जनताले राहत महसुस गर्न सक्दैनन्। नेताहरुले “पार्टी सानो ठूलोको सवाल होइन, उद्देश्य र मार्गदर्शक सिद्धान्त ठूलो हो” भन्दै विकल्पको आन्दोलन सशक्त रूपमा अघि बढाइने स्पष्ट सन्देश दिएका छन्।

📢 पत्रकारहरूमार्फत जनतामा सन्देश पुर्‍याउने आह्वान
पत्रकार सम्मेलनमा नेताहरूले पत्रकार समुदायलाई सम्बोधन गर्दै भने —

“हामी जनताको पक्षमा छौं, राष्ट्रियता र जनजीविकाका लागि छौं। कृपया हाम्रो अभियानलाई जनजनसम्म पुर्‍याउन पत्रकारहरूको भूमिका महत्त्वपूर्ण छ।”

१० नं. ब्यूरोको प्रतिरोध अभियानमा पनि अपिल
पार्टीले आफ्नो १० नं. ब्यूरोले सञ्चालन गर्दै आएको भ्रष्टाचारविरोधी अभियानमा जनताको सहयोग र समर्थन पनि खुलेर मागेको छ।

देशको वर्तमान राजनीतिक अवस्था, कानुनी निष्क्रियता र आर्थिक असमानताविरुद्ध उठेको यो अभियान सिर्फ नारामा होइन, व्यवहारिक संघर्षमा रूपान्तरण गर्ने प्रयास 
पार्टीले उठाएको आवाजले जनमत पाउने कि अन्य धेरै जस्ता आन्दोलनझैं ओझेलमा पर्छ? यो प्रश्नको उत्तर अब जनताको सक्रिय सहभागिता ले प्रस्ट्याउने बताइन्छ। 

  • Jigyasanepal

थप