Breaking News
गुजरातमाथि आरसीबीको विराट जित, लगातार दोस्रोपटक आईपीएल फाइनलमा प्रवेश    ||     धुलिखेलमा स्कुटर दुर्घटना : २० वर्षीय युवकको ज्यान गयो    ||     खुर्कोट हिरासत मृत्यु प्रकरणः एसपीसहित १० प्रहरीमाथि कारबाही सिफारिस    ||     काठमाडौँमा रातिदेखि वर्षा, दिउँसोपछि फेरि पानी पर्ने सम्भावना    ||     पनौतीमा श्रीमद्भागवत महायज्ञको कोषलाई लिएर विवाद    ||     सुनकोसीमा पौडी खेल्ने क्रममा दुई बालकको दुःखद मृत्यु    ||     सडकमा युवाको मृत्युयात्रा: हरेक दुई दिनमा १५ जनाको ज्यान जाँदा पनि किन रोकिँदैन दुर्घटना?    ||     हारको समीक्षा गर्दै एमाले पुनर्गठनतर्फ, बादलको संयोजकत्वमा शक्तिशाली कार्यदल गठन    ||     संखुवासभामा १६९ मिमि वर्षा, बाढी–पहिरोको उच्च जोखिम    ||     ६ जिल्लामा तातो लहरको चेतावनी, ४० डिग्रीभन्दा बढी तापक्रम पुग्ने सम्भावना    ||    

माओवादी केन्द्र बेथानचोकमा निर्वाचन मण्डललाई लात हान्दै सहमतिको ढवाङ

  •   १ वर्ष अघि | १७ फाल्गुन २०८१, शनिबार

बेथानचोक, काभ्रेपलाञ्चोक — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बेथानचोक गाउँपालिका समितिको तेस्रो अधिवेशन नेतृत्व चयन प्रक्रियाको विषयलाई लिएर विवादित बनेको छ। निर्वाचन मण्डलको संरचना तथा पार्टी विधानलाई बेवास्ता गर्दै सहमतिका नाममा जबर्जस्ती नेतृत्व चयन गरिएको भन्दै निर्वाचन समितिले आपत्ति जनाएको छ।

विवादको सुरुवात

तत्कालीन निर्वाचित कार्यसमितिको कार्यकाल समाप्त भएसँगै नयाँ नेतृत्व चयनका लागि २०८१ माघ ५ गते तेस्रो अधिवेशनको आयोजना गरिएको थियो। उक्त अधिवेशन नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले उद्घाटन गरेका थिए। अधिवेशनपछि माघ ६ गते बन्दसत्र सुरु भए पनि नेतृत्व चयन प्रक्रिया विवादमा तानियो।

निर्वाचन मण्डलका अनुसार सुरुदेखि नै तारा राना तिमल्सिनाको अराजकताले प्लेन कमिटी टुंग्याउने प्रक्रियामा अवरोध उत्पन्न भएको थियो, जसका कारण विधिवत रूपमा नेतृत्व चयन प्रक्रिया अघि बढ्न सकेन। अनुशासन उल्लंघन गर्ने केही कमरेडहरूलाई प्रदेश कार्यालयमार्फत कारबाही गर्न सिफारिस गरिएको निर्वाचन समितिले जनाएको छ।


निर्वाचन मण्डललाई बेवास्ता गर्दै घोषणा

प्रदेश नेतृत्वको निर्णय नआउँदै शुक्रवार ढुंखर्कमा भएको भेलाले तारा राना तिमल्सिनालाई अध्यक्ष चयन गर्दै २२ सदस्यीय गाउँपालिका कमिटी सर्वसम्मत निर्वाचित गरेको घोषणा गर्यो। नवगठित नेतृत्व पक्षका कार्यकर्ताहरूले बहुमतको आधारमा निर्णय गरिएकाले सो प्रक्रिया वैध रहेको दाबी गरेका छन्।

३१ सदस्यीय प्लेन कमिटीमा २२ जनाको उपस्थितिमा सर्वसम्मत घोषणा गरिएको भए पनि निर्वाचन मण्डलको अनुमोदन नलिई गरिएको यो निर्णय विवादास्पद बनेको छ। निर्वाचन समितिका संयोजक किसन वाइले पार्टी विधानविपरीत जबर्जस्ती नेतृत्व घोषणा गरिएको आरोप लगाउँदै सो निर्णय मान्य नहुने बताएका छन्।

नयाँ नेतृत्वको संरचना

नवगठित पालिका कमिटीमा तारा राना तिमल्सिना अध्यक्ष चयन भएका छन् भने प्रेमबहादुर लामा र कृष्ण बहादुर बी.के. उपाध्यक्षमा निर्वाचित भएका छन्।

त्यस्तै, सचिवमा जगतबहादुर लामा, सह-सचिवमा चुडामणी तिमल्सिना, कोषाध्यक्षमा बेदप्रसाद तिमल्सिना चयन भएका छन्।


विवाद झन् चर्किदै

निर्वाचन मण्डलका अनुसार पार्टी विधान, निर्वाचन नियमावली र प्रदेश कार्यालयको परिपत्रविपरीत जबर्जस्ती गरिएको यो कदमले पार्टीलाई कमजोर बनाउने चेतावनी दिइएको छ। असन्तुष्ट पक्षले पार्टीमा देखिएको अराजकता, नोकरशाही प्रवृत्ति तथा मनपरी तरिकाले गरिएका निर्णयहरूलाई कुनै हालतमा स्वीकार्न नसकिने बताएको छ।


यता, माओवादी (केन्द्र) जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका संयोजक भोला अर्यालले भने "विधि र पद्धतिको कुरा गर्नेहरूको रोइलो बुझिनसक्नु छ।" भन्दै नयाँ नेतृत्व मान्य भइसकेको संकेत गरेका छन्।

घम्साघम्सी बढ्दै जाँदा बेथानचोक माओवादी केन्द्र दुई धारमा विभाजित भएको देखिएको छ। असन्तुष्ट पक्षले पार्टी विधानअनुसार छिट्टै औपचारिक निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्नुपर्ने माग गर्दै आफ्ना नेता–कार्यकर्तालाई विचलित नहुन आग्रह गरेको छ।


  • Jigyasa media

थप