Breaking News
धुलिखेलमा स्कुटर दुर्घटना : २० वर्षीय युवकको ज्यान गयो    ||     खुर्कोट हिरासत मृत्यु प्रकरणः एसपीसहित १० प्रहरीमाथि कारबाही सिफारिस    ||     काठमाडौँमा रातिदेखि वर्षा, दिउँसोपछि फेरि पानी पर्ने सम्भावना    ||     पनौतीमा श्रीमद्भागवत महायज्ञको कोषलाई लिएर विवाद    ||     सुनकोसीमा पौडी खेल्ने क्रममा दुई बालकको दुःखद मृत्यु    ||     सडकमा युवाको मृत्युयात्रा: हरेक दुई दिनमा १५ जनाको ज्यान जाँदा पनि किन रोकिँदैन दुर्घटना?    ||     हारको समीक्षा गर्दै एमाले पुनर्गठनतर्फ, बादलको संयोजकत्वमा शक्तिशाली कार्यदल गठन    ||     संखुवासभामा १६९ मिमि वर्षा, बाढी–पहिरोको उच्च जोखिम    ||     ६ जिल्लामा तातो लहरको चेतावनी, ४० डिग्रीभन्दा बढी तापक्रम पुग्ने सम्भावना    ||     अनित्य जीवन, असल कर्म र समाजप्रतिको उत्तरदायित्व    ||    

उपचाररत काभ्रेली 'रातो बाघ' गोविन्द नाथ उप्रेतीको स्वास्थ्यमा सुधार, नेताहरूको भेट र कामना

  •   १ वर्ष अघि | ४ जेष्ठ २०८२, आइतवार

धुलिखेल, जेठ ४ – पञ्चायती निरङ्कुश शासनविरुद्ध आवाज बुलन्द गर्दै वाम आन्दोलनलाई बलियो जरा दिने काभ्रे जिल्लाका बरिष्ठ वामपन्थी नेता तथा पूर्व श्रम राज्यमन्त्री गोविन्द नाथ उप्रेती (रातो बाघ) अहिले धुलिखेल अस्पतालमा उपचाररत हुनुहुन्छ।

उहाँको स्वास्थ्य अवस्था हाल क्रमशः सुधारोन्मुख रहेको अस्पताल स्रोतले जनाएको छ। केही दिनदेखि अत्यधिक नाकबाट रक्तस्राव भइरहेको अवस्था देखिएपछि कोसीपारीस्थित भुम्लुटार निवासबाट आइतबार दिउँसो क्रान्ति लामाको सहयोगमा इमर्जेन्सीको माध्यमबाट धुलिखेल ल्याइएको हो।

उमेर ८६ वर्ष पुग्नुभएका गोविन्द बालाई अहिले अस्पतालको ENT गाइनो भवनको ५ तल्ला, बेड नं. १०४ मा भर्ना गरिएको छ।
चिकित्सकको रिपोर्ट अनुसार उहाँलाई मुटु, फोक्सो, मृगौला र दमसम्बन्धी स्वास्थ्य जटिलता रहेको छ। अहिलेको अवस्थामा लामो समय अस्पतालमै भर्ना रही उपचार गर्नुपर्ने आवश्यकता रहेको चिकित्सकको भनाइ छ।


स्वास्थ्यमा सुधारका खबरबीच नेताहरूको भेटघाट र शुभेच्छा

गोविन्द बा अस्पताल भर्ना भएपश्चात् आज बागमती प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री लक्ष्मण लम्साल, प्रख्यात राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी, लगायतका काभ्रेली नेताहरूले भेटघाट गर्दै उहाँको स्वास्थ्य लाभको कामना गर्नुभएको छ।
‘उपचारमा कुनै कमि हुन दिइने छैन’ भनी नेताहरूले प्रतिबद्धता व्यक्त गरेका छन्।

राजनीतिक इमानको जीउँदो प्रतिमा – गोविन्द नाथ उप्रेती

पञ्चायतकालदेखि लोकतान्त्रिक आन्दोलनसम्म जनताकै पक्षमा लड्ने यो नाम आजका पुस्ताका लागि राजनीतिक संस्कार र आदर्शको जीवित पाठशाला हो।
उहाँको नाम एउटा व्यक्तित्व मात्रै हैन, त्यो त काभ्रेली जनताको गर्जन, वाम आन्दोलनको बलियो दस्तावेज र जनपक्षीय सोचको आधारशिला हो।

काभ्रेली जनताको मतले पटकपटक जितेका गोविन्द बा सधैं सादा जीवन, उच्च विचार र निडर राजनीतिमा अडिग रहनु भयो। राजनीति उहाँका लागि न कमाउने माध्यम थियो, न पदकै मोह। उहाँ जस्ता जनप्रतिनिधिहरू कमै भेटिन्छन्, जसले जनताको मतलाई विश्वास, जवाफदेहिता र जिम्मेवारीका रूपमा लिए।

“तस्विर हैन दस्तावेज हो”

गोविन्द बा लगायत जनताबाट निर्वाचित भएका नेताहरूको एउटा पुरानो तस्विर अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर भइरहेको छ।
त्यो तस्विर एउटा ऐतिहासिक स्मरण मात्र हैन, त्यो नै जनताको आशाको दस्तावेज हो।

उहाँ जस्ता नेताहरूलाई हेर्दा आजको दिनमा धेरैलाई गर्व हुन्छ कतिपय काभ्रेलीहरु भन्छन्  – हामी गोविन्द उप्रेतीहरूका मतदाता हौं, चेला हौं।
वर्तमानको विकृत राजनीति र बिकाउ प्रवृत्तिको सन्दर्भमा गोविन्द बा जस्ता पात्रहरू नै प्रेरणा, प्रतिवद्धता र प्रतिबिम्ब हुन्।

स्वास्थ्य लाभको विशेष कामनासहित,  उच्च सलाम!

काभ्रेली जनताको प्रतिनिधि, जनआन्दोलनका योद्धा, विचारमा अडिग, व्यवहारमा सरल, र निर्णयमा निडर गोविन्द नाथ उप्रेतीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सम्पूर्ण काभ्रे, बागमती र देशभरबाट शुभेच्छा प्रकट भइरहेको छ।

उहाँको निकै रोचक जिन्दगी छ वहाँको छोराछोरी छैनन।  न त उनले आफ्नो लागि भबिस्य भनेर पैसा नैं कमाए उनले आफ्नो पूरा जीवन समाजको योगदान को लागि अर्पिय।

गैर कम्युनिष्ट नैं उप्रेतीको योगदानको प्रशंशा गर्दै भन्छन् कम्युनिस्ट इतिहासको जीउँदो प्रतीक गोविन्द बाको संघर्ष, विचार र साहस सधैं प्रेरणा बनिरहनेछ।

  • Jigyasanepal

थप