Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

जात जन्मिदैन, निर्माण गरिन्छ: प्रधानमन्त्री ओलीको छुवाछुतविरुद्ध प्रहार

  •   १ वर्ष अघि | २१ जेष्ठ २०८२, बुधबार

काठमाडौँ, जेठ २१ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जातीय छुवाछुत उन्मूलन दिवसका अवसरमा सामाजिक संरचनामा गहिरिएको जातीय विभेदविरुद्ध घनगोर प्रहार गरेका छन्। सामाजिक सञ्जालमार्फत बुधबार बिहान सार्वजनिक सन्देशमा उनले लेखेका छन्— "आमाले जात होइन, नवजात मानव जन्माउँछिन्।"

प्रधानमन्त्री ओलीको उक्त भनाइमा जातीय विभाजनको जरो हल्लाउने भावना स्पष्ट झल्किन्छ। उनले भनेका छन्—

“नवजात शिशु हिँड्न थालेपछि मात्र समाजले जात र थर सोध्न थाल्यो। तर, मानवताभन्दा माथि कुनै जात हुँदैन। रगत सबैको एउटै रङको हुन्छ, आँसु सबैको उस्तै वेदनाले बग्छ।”

उनको सन्देशमा जात–थरको नाममा गरिने भेदभावप्रति गम्भीर अस्वीकार व्यक्त गरिएको छ। उनले स्पष्ट पारे—

“हामीले जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्यांकन गरिने समाज निर्माण गर्नु छ।”

जातीय विभेद अन्त्यका लागि सबैलाई समभाव र समानताको बाटो समात्न प्रधानमन्त्री ओलीले आह्वान गरेका छन्। अन्त्यमा उनले शुभकामना दिँदै लेखेका छन्
“जातीय छुवाछुत उन्मूलन दिवसको सबैमा शुभकामना!”

  • Jigyasanepal

थप