Breaking News
बीपी राजमार्गको सेल्फीडाँडामा भएको बस दुर्घटनामा मृतक सबै ८ जनाको पहिचान खुल्यो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी प्रदेशका केही स्थानमा भारी वर्षा हुने चेतावनी    ||     काभ्रे बस दुर्घटना अपडेट : ८ मृतकमध्ये ६ जनाको सनाखत, २ जनाको पहिचान खुल्न बाँकी    ||     श्रेष्ठको कवितासङ्ग्रह ‘जाँगरको कल्पवृक्ष’ लोकार्पित    ||     बीपी राजमार्गको बुच्चाकोटमा यात्रुबाहक बस दुर्घटना, ७ जनाको घटनास्थलमै मृत्यु    ||     पश्चिमी न्यून चापीय रेखाको प्रभाव कायम, पाँच प्रदेशमा वर्षाको सम्भावना    ||     फुटबल महाकुम्भको भव्य सुरुवात : साकिरादेखि नोरा फतेहीसम्मको सांगीतिक उत्सव    ||     आगामी दुई दिन वाग्मती, मधेस र लुम्बिनीका दक्षिणी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     धान रोपाइँको मुखमै सुदूरपश्चिममा मल संकटको संकेत, २६ पालिकाले अझै उठाएनन् रासायनिक मल    ||     देशका विभिन्न प्रदेशमा आज वर्षाको सम्भावना, केही तराई क्षेत्रमा तातो दिन रहने    ||    

प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटमाथि सामान्य छलफल सुरु हुने

  •   ५ दिन अघि | २५ जेष्ठ २०८३, सोमवार

काठमाडौं, जेठ २५ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले प्रस्तुत गरेको बजेटमाथि सामान्य छलफल सुरु हुने कार्यसूची रहेको छ।

संसद् सचिवालयका अनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। प्रस्ताव पेश भएपछि सांसदहरूबीच बजेटमाथि छलफल सुरु हुनेछ भने उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री वाग्लेले दिने कार्यक्रम रहेको छ।

बैठकमा व्यवस्थापन कार्यअन्तर्गत अर्थमन्त्री वाग्लेले ‘विनियोजन विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्नेछन्। साथै ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ र ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ पनि सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

त्यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज अधिकारीले राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘पर्यटन विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ (नम्बर ८१)’ तथा ‘अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नम्बर २९’ सदनमा प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका छन्।

यता राष्ट्रिय सभाअन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति तथा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आज बस्ने तय भएको छ। बजेटमाथिको छलफलसँगै संसद्को गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ।

  • Jigyasanepal

थप