Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

हारको समीक्षा गर्दै एमाले पुनर्गठनतर्फ, बादलको संयोजकत्वमा शक्तिशाली कार्यदल गठन

  •   ४ महिना अघि | ११ जेष्ठ २०८३, सोमवार

काठमाडौं । नेकपा एमालेले पछिल्लो निर्वाचन परिणामको गम्भीर समीक्षा गर्दै पार्टी पुनर्गठन अभियान अघि बढाउने भएको छ। आइतबार अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा बसेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा विशेष कार्यदल गठन गर्ने निर्णय गरेको हो।

एमालेले निर्वाचनमा व्यहोरेको हार, संगठनभित्र देखिएका कमजोरी र नेतृत्वप्रति उठेका प्रश्नहरूको मूल्यांकन गर्दै अब पार्टीलाई नयाँ ढंगले पुनर्संरचना गर्ने संकेत दिएको छ। सचिवालय बैठकले कार्यदललाई एक महिनाभित्र विस्तृत प्रतिवेदन बुझाउने जिम्मेवारी दिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।

कार्यदलमा विश्वप्रसाद पौडेल, पृथ्वी सुब्बा गुरुङ, शंकर पोखरेल, लेखराज भट्ट, छविराज विश्वकर्मा, पद्मा अर्याल, भानुभक्त ढकालसहित प्रदेश इन्चार्जहरू सदस्य रहेका छन्। पार्टीभित्र नेतृत्व हस्तान्तरण, नीति पुनर्गठन तथा संगठनात्मक सुधारको आवाज चर्किँदै गएपछि एमाले नेतृत्व पुनर्गठनको मोडमा पुगेको राजनीतिक वृत्तमा चर्चा छ।

पार्टीभित्र युवा पुस्तालाई अवसर दिनुपर्ने, संगठनलाई जनतासँग पुनः जोड्नुपर्ने र कार्यकर्ताको मनोबल उठाउने खालको सुधार आवश्यक रहेको निष्कर्ष सचिवालय बैठकमा उठेको बताइएको छ। पछिल्लो निर्वाचन परिणामपछि एमालेभित्र आत्मसमीक्षाको दबाब बढिरहेका बेला गठन गरिएको यो कार्यदललाई अर्थपूर्ण रूपमा हेरिएको छ।

एमाले नेतृत्वले अबको रणनीति केवल चुनावी हारको समीक्षा मात्र नभई संगठनलाई नयाँ ऊर्जा दिने दिशामा केन्द्रित हुने संकेत दिएको छ। पार्टीभित्र देखिएको असन्तुष्टि, नेतृत्व परिवर्तनको बहस र वैचारिक पुनर्संरचनाको मागबीच गठन भएको यो कार्यदलले एमालेको आगामी राजनीतिक दिशा तय गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

  • Jigyasanepal

थप