Breaking News
तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||    

नेपाली कम्युनिस्ट आन्दोलनका अग्रदूत पुष्पलालको ४८औँ स्मृति दिवस आज

  •   २ हप्ता अघि | ७ साउन २०८३, बिहिबार

काठमाडौं । नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक तथा वैचारिक नेतृत्वकर्ता पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टीलगायत विभिन्न कम्युनिस्ट दल तथा शुभेच्छुक संस्थाहरूले पुष्पलालको योगदानको स्मरण गर्दै विचार गोष्ठी, श्रद्धाञ्जली सभा र स्मरण कार्यक्रम आयोजना गरेका छन्।

वि.सं. १९८१ असार १५ गते रामेछापमा जन्मिएका पुष्पलाल नेपाली कम्युनिस्ट आन्दोलनका प्रमुख वैचारिक अभियन्ता मानिन्छन्। उनले प्रवासमा रहेर कम्युनिस्ट आन्दोलनलाई संगठित गर्दै वि.सं. २००६ वैशाखमा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर भारतको कोलकातामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापना गरेका थिए।

सहिद गंगालालका भाइसमेत रहेका पुष्पलालले कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिस्ट मेनिफेस्टो’ पहिलोपटक नेपाली भाषामा अनुवाद गरेका थिए। उनले विभिन्न पुस्तक तथा लेखमार्फत नेपाली समाजको वर्गीय विश्लेषण गर्दै कम्युनिस्ट आन्दोलनको वैचारिक आधार निर्माणमा महत्वपूर्ण योगदान दिएका थिए।

कम्युनिस्ट पार्टी स्थापना हुनुअघि उनले वि.सं. १९९८ मा प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासँग मिलेर नेपाली प्रजातान्त्रिक संघ गठन गरेका थिए। पञ्चायती व्यवस्थाविरुद्ध लोकतान्त्रिक शक्तिहरूसँग संयुक्त आन्दोलन आवश्यक रहेको उनको राजनीतिक दृष्टिकोण थियो।

वि.सं. २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा पुष्पलालको निधन भएको थियो। त्यसयता हरेक वर्ष साउन ७ गते उनको स्मृतिमा विभिन्न कार्यक्रम आयोजना गरिँदै आएको छ।

यस अवसरमा नेकपा (एमाले) को राजधानी प्रदेश कमिटीसहित विभिन्न कम्युनिस्ट दल तथा संगठनहरूले देशका विभिन्न स्थानमा श्रद्धाञ्जली तथा विचारमूलक कार्यक्रम आयोजना गरेका छन्।

  • Jigyasanepal

थप