Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

धुलिखेलमा स्कुटर दुर्घटना : २० वर्षीय युवकको ज्यान गयो

  •   ४ महिना अघि | १२ जेष्ठ २०८३, मङ्लबार

काभ्रे । काभ्रेको धुलिखेल नगरपालिका–९ पानीट्याङ्कीस्थित बीपी राजमार्गमा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

मंगलबार अपराह्न करिब ४:१५ बजे धुलिखेलबाट काभ्रेभञ्ज्याङतर्फ जाँदै गरेको प्र.३-०२-००८ प ७१४३ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

दुर्घटनामा स्कुटरको पछाडि सवार धुलिखेल नगरपालिका–११ निवासी २० वर्षीय निर्जल घिमिरे गम्भीर घाइते भएका थिए। सडकमा लड्दा उनको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

घाइते घिमिरेलाई तत्काल उपचारका लागि धुलिखेल अस्पताल पुर्‍याइएको थियो। तर उपचारकै क्रममा अपराह्न ४:२५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

स्कुटर चालक धुलिखेल नगरपालिका–११ कै २० वर्षीय पुकार घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे जिल्ला प्रहरी कार्यालय काभ्रेले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

बीपी राजमार्गमा पछिल्ला दिनमा बढ्दै गइरहेका सवारी दुर्घटनाले यात्रु सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। तीव्र गति, असावधानी र सडक सुरक्षाप्रति बेवास्ताका कारण युवाहरू अकालमै ज्यान गुमाउन बाध्य भइरहेको स्थानीयको गुनासो छ।

  • Jigyasanepal

थप