Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

बैतडीमा करेन्ट लागेर बालकको मृत्यु, आक्रोशित स्थानीयले राजमार्ग अवरुद्ध

  •   २ वर्ष अघि | २१ भदौ २०८१, शुक्रबार

बैतडी — बैतडी जिल्लाको सिगास गाउँपालिका-९ बाच्पानीमा करेन्ट लागेर १२ वर्षीय बालक बसन्त बोहराको निधन भएपछि स्थानीयले खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध पारेका छन्। घर नजिकैको जंगलमा बाख्रा चराउन गएका बसन्तलाई जमिन नजिकै तानिएको विद्युतको तारबाट करेन्ट लागेपछि उनको घटनास्थलमै मृत्यु भएको हो। 

पीडित परिवार र स्थानीयले विद्युत वितरण केन्द्रको लापरबाहीका कारण घटना घटेको भन्दै आक्रोश व्यक्त गरेका छन्। उनीहरूले दोषी निकायविरुद्ध कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै आन्दोलन सुरु गरेका हुन्। 

विद्युत लाइनको तार जमिन नजिकै खसिरहेको अवस्थामा कुनै पनि सुरक्षाको व्यवस्था नगरिएको भन्दै स्थानीयले आक्रोश पोखेका छन्। उनीहरूको माग पूरा नभएसम्म राजमार्ग खुलाउन नसक्ने चेतावनी दिएका छन्। 

प्रहरी निरीक्षक बलारम पाण्डेयले घटनास्थलमा इलाका प्रहरी कार्यालय पाटनको टोली परिचालित भएको र विद्युत वितरण केन्द्रका प्रतिनिधि र पीडित पक्षबीच वार्ता जारी रहेको जानकारी दिए। यस घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।

  • Jigyasa media

थप