Breaking News
दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||    

सामाजिक सञ्जाल सूचीकृत नभए नेपालभित्र प्रतिबन्ध लगाइने

  •   २ वर्ष अघि | १२ चैत्र २०८१, मङ्लबार

काठमाडौं । सरकारले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जालहरूलाई ३० दिनभित्र सूचीकृत हुन निर्देशन दिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै निर्देशिका अनुसार दर्ता नभए नेपालभित्र ती प्लेटफर्महरूको सञ्चालन रोक्न सकिने चेतावनी दिएको हो।

सामाजिक सञ्जाललाई व्यवस्थित गर्न ‘सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८०’ लागू गरिएको छ। निर्देशिकाको दफा ३ बमोजिम नेपालमा कुनै पनि व्यक्ति, कम्पनी वा संस्थाले सामाजिक सञ्जाल सञ्चालन गर्न चाहेमा मन्त्रालयमा सूचीकरण गर्नुपर्ने व्यवस्था छ। यस प्रक्रियामा सूचनासँगै सम्बन्धित कागजात संलग्न गरी निवेदन पेश गर्नुपर्ने उल्लेख गरिएको छ।

मन्त्रालयले सामाजिक सञ्जाल सञ्चालनकर्ताहरूलाई नेपालमा सम्पर्क कार्यालय, गुनासो समाधान गर्ने अधिकारी तथा स्वनियमन परिपालनको निगरानी गर्ने व्यवस्था गर्न आग्रह गरेको छ।

हालसम्म मन्त्रालयमा भाइबर मिडिया एस.ए.आर.एल, टिकटक पीटीई.एलटीडी, र सारांश मिडिया ल्याब प्रा.लि. (विटक) मात्रै सूचीकृत भइसकेका छन्। अन्य सामाजिक सञ्जालहरू पनि तोकिएको समयभित्र दर्ता हुनुपर्ने मन्त्रालयले स्पष्ट पारेको छ।

मन्त्रालयले निर्देशिका बमोजिम ३० दिनभित्र सूचीकरण नगर्ने सामाजिक सञ्जालहरूलाई नेपालभित्र सञ्चालन गर्न रोक लगाइने चेतावनी दिएको छ।


  • Jigyasa media

थप