Breaking News
दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||    

हामी त्यहाँ थिएनौँ, तर हामीसँगै छौँ !

जेन जी आन्दोलन : २०८२

  •   १ वर्ष अघि | २ असोज २०८२, बिहिबार

✍🏼सुनिल हुमागाईं 

हामी सबै जो नेपाल बाहिर छौँ, आन्दोलन हुँदा त्यहाँ थिएनौँ। तर हाम्रो मन, हाम्रो आवाज र हाम्रो समर्थन नेपालमै रहेका युवाहरूसँग छ। तपाईंहरूको हरेक कदममा हामी साथमा छौँ।

गणतन्त्रमा हरेक नागरिकलाई आफ्नो राजनीतिक विचार र आस्था राख्ने स्वतन्त्रता छ। तर कसैको विचार वा आस्थामाथि बलपूर्वक प्रहार हुनु अराजक भीडले गुमाएको सन्तुलन थियो। सत्तामा पुगेका सबै नेता केवल चाकडी, नातावाद वा कृपावादबाट मात्र पुगेका थिएनन्; धेरै जनताले मतदानमार्फत दिएको बहुमतको विश्वासले उनीहरूको स्थान सुनिश्चित गरेको थियो। सबै भ्रष्ट होइनन् — केही नेताहरू साँच्चिकै राम्रो काम गरिरहेका छन्। त्यसैले कुनै व्यक्तिको घरमा लक्षित आगजनी वा आक्रमण हुनु पूर्णतया व्यक्तिगत प्रतिशोध थियो र यो अस्वीकार्य थियो। यस प्रकारको हिंसा गर्नेहरू जेन जेड आन्दोलनको भाग थिएनन्, उनीहरू केवल आक्रोश र द्वेषमा आधारित कार्यकर्ताहरू थिए।

हामीलाई चाहिएको छ — सुदृढ, पारदर्शी र न्यायपूर्ण गणतन्त्र। केन्द्रिय स्तरका नेताहरूको सम्पत्ति पारदर्शी हुनुपर्छ र कानुनी कारबाही, आवश्यक भएमा राष्ट्रियकरण जस्ता कदमहरू उठाइनुपर्छ। यदि कसैले साँच्चिकै जनताको विश्वास जित्न चाहन्छ भने उनीहरूले चुनावमार्फत आफ्ना मत प्रमाणित गर्नुपर्छ, बलपूर्वक वा दबाबपूर्ण तरिकाबाट होइन।

यस आन्दोलनमा युवा पुस्ताले इज्जत, अवसर र न्यायको माग गर्दै सडकमा उत्रिएका छन्। तर कतिपय स्वार्थी राजनीतिक समूह र नेताहरूले यही जोशलाई आफ्नो स्वार्थ र प्रतिशोध पूरा गर्न प्रयोग गरेका छन्। हिंसा, द्वैधता र गलत प्रचारले आन्दोलनलाई कमजोर पार्ने प्रयास गरेका छन्, तर सत्य र न्यायलाई कुनै हालतमा दबाउन सकिँदैन।

मिडियामा आउने र आन्दोलन बदनाम गर्ने प्रयास गर्नेहरूले बुझ्नु पर्छ: यो केवल सत्ता बदल्ने खेल होइन — यो युवाको भविष्य र देशको मर्यादाको प्रश्न हो। सत्य र न्यायको पक्षमा उभिएर हामीले शान्तिपूर्ण तर कानुनसम्मत परिवर्तनको माग गर्नैपर्छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा र कतिपय नयाँ राजनीतिक घटनाक्रमले देश नयाँ मोडमा उभिएको छ। अब हाम्रो अघि दुई बाटा छन् — फेरि पुरानो भ्रष्ट र खोक्रो बाटो रोज्ने कि साँच्चिकै, पारदर्शी र दिगो परिवर्तन गर्ने। नेपालको भविष्य अब जनतामाथि छ। पार्टीभन्दा माथि उठेर हामी सबैले एकजुट भएर शान्तिपूर्ण, न्यायसंगत र पारदर्शी परिवर्तनको लागि अगाडि बढ्नैपर्छ। दोषीलाई पहिचान गरी कानुनी दायरामा ल्याउने र मुलुकलाई पुनर्निर्माण गर्ने यो हाम्रो दायित्व हो।

(लेखक सुनिल हुमागाईं हाल पोर्चुगलमा बस्छन्। हालै भदौ २३/२४ को जेन जी को आन्दोलन विषयमा चासो, चिन्ता र केही सुधारको पक्ष सहितका विषयमा गहिरो भावना विचारमा व्यक्त गरेका छन्।)

  • Jigyasanepal

थप