Breaking News
देशभर बदली, धेरै स्थानमा वर्षाको सम्भावना — केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, दिउँसोपछि थप सक्रिय हुने सम्भावना    ||     तारा सुवेदीको ‘अनभूतिका महक’ लोकार्पित    ||     तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||    

कर्णाली नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जना किशोर वेपत्ता

  •   १ वर्ष अघि | २७ बैशाख २०८२, शनिबार

काठमाण्डौ ।कर्णाली नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जना किशोर वेपत्ता भएका छन्। कालीकोट र दैलेखका दुई किशोर छुटा–छुटै ठाउँबाट कर्णाली नदीमा बेपत्ता भएका हुन्। 

कालीकोटको पचालझरना गाउँपालिकास्थित जारकोट नजिकै कर्णाली नदीमा पौडी खेल्ने क्रममा नदीमा डुबेर १६ वर्षीय किशोर बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार बेपत्ता हुनेमा नरहरिनाथ गाउँपालिका–१ कोटबाडाका बिराज बिष्ट रहेको छन्। 

यस्तै, दैलेखको चामुण्डाबिन्द्रासैनी नगपालिका–९ डौंसुरका १५ वर्षीय भूपेन्द्र सावन पनि कर्णाली नदीमा बेपक्ता भएका छन्। 

शुक्रबार दिउँसो मलामी गएको बेला कर्णाली नदीको लामादुवाला घाटमा पौडी खेल्ने क्रममा उनि बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी गणेशबहादुर बरालले जानकारी दिए।

प्रहरीका अनुसार बेपत्ता भएका दुवै किशोर अझै भेटिएका छैनन्। उनीहरुको स्थानीय नागरिक, नेपाल प्रहरी र सशस्त्र प्रहरी वलले खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ। 

  • Jigyasanepal

थप