Breaking News
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, दिउँसोपछि थप सक्रिय हुने सम्भावना    ||     तारा सुवेदीको ‘अनभूतिका महक’ लोकार्पित    ||     तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||    

पारिवारिक विवादले निम्त्यायो दुःखद घटना: दुई बालिकाको हत्या

आमा मानसिक रुपमा विक्षिप्त अवस्थामा फेला

  •   २ वर्ष अघि | १९ भदौ २०८१, बुधबार

धनकुटा । 

धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरेका अर्जुन कार्की, जो इटहरी-भोजपुर ट्याक्सी चलाउँछन्, हाल मोरङको सुन्दरहरैंचामा दिदीको परिवारसँग बस्दै आएका छन् र त्यहीँ नजिकै नयाँ घर बनाइरहेका छन्। 

शुक्रबार भोजपुरबाट फर्कंदा उनले श्रीमती अस्मिता र दुई छोरीहरू आइका (१) र अर्पणा (३) का लागि माछा लिएर आएका थिए। तर, घरमा पुग्ने बित्तिकै श्रीमतीसँग विवाद सुरु भयो, विवादको कारण थियो बन्दै गरेको नयाँ घरमा पानी नहालेको विषयको विवादले उग्र रूप लिँदै गर्दा, अस्मिता दुई छोरीहरूलाई लिएर राति ८ बजेतिर घरबाट निस्किइन्। अर्जुनले प्रहरीसमक्ष दिएको बयान अनुसार, श्रीमती अस्मिताले त्यही राति 'तेरो छोरी मारेर म पनि मर्छु' भन्दै म्यासेज पठाइन्। 

शनिबार दिउँसो स्थानीय नारायण न्यौपानेको केराघारीभित्र दुवै बालिकाको शव अंगालो मारेर मृत अवस्थामा भेटियो। नजिकै विषादीको बट्टा र अस्मिताको मोबाइल पनि फेला पर्यो, तर अस्मिता भने त्यहाँ थिइनन्।

प्रहरीले महिलाले आत्महत्या गरेको आशंकामा नजिकैको जंगलमा खोजी सुरु गर्यो, तर चार दिनसम्म पनि अस्मितालाई फेला पार्न सकेन। अन्ततः झापाको बिर्तामोडमा उनी मानसिक रुपमा विक्षिप्तावस्थामा हिँडिरहेको अवस्थामा फेला परिन्। 

मोरङ प्रहरी प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार, अस्वस्थ अवस्थामा फेला परेकी अस्मितालाई कोशी अस्पताल विराटनगरमा उपचारका लागि लगिएको छ। दुई बालिकाको हत्या कसरी भयो भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

  • Jigyasa media

थप