Breaking News
शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||    

केराबारीमा बेपत्ता बालकको कंकाल १३ दिनपछि जंगलमा भेटियो

  •   २ वर्ष अघि | ५ असोज २०८१, शनिबार

विराटनगर – मोरङको केराबारी गाउँपालिका-६ मा १३ दिनदेखि बेपत्ता भएका १४ वर्षीय दीपबहादुर तामाङको कंकाल शनिबार दिउँसो जंगलमा फेला परेको छ। मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीका अनुसार आहाले सामुदायिक वनमा दिउँसो १ बजे तिर दाउरा खोज्न गएका व्यक्तिहरूले कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए।

दीपबहादुर भदौ २३ गते बाबु पदमबहादुर तामाङसँग बन्चरोको बिँड काट्न जंगल गएका थिए। काम सकिएपछि बाबु घर फर्किए, तर दीपबहादुरले केहीबेरमा आउने भने पनि घर फर्केनन्। परिवार र आफन्तले धेरै दिनसम्म खोजी गरेपछि बालकको कंकाल जंगलमा फेला परेको हो।

डीएसपी जोशीका अनुसार, कंकालको केही भाग रुखले किचिएको अवस्थामा फेला परेको थियो। "रुखले किच्दा बालकको मृत्यु भएको हुनसक्छ, त्यसपछि जंगली जनावरले शरीरका भागहरू छरपस्ट पारेको हुनसक्ने आशंका छ," उनले भने। घटनास्थलमा भेटिएको कपडाका आधारमा बाबु पदमबहादुरले कंकाल आफ्नो छोराको भएको पुष्टि गरेका छन्।

प्रहरीले कंकाल उठाएर धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि पठाएको छ। इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर कृष्णबहादुर खत्रीको नेतृत्वमा घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।


  • Jigyasa media

थप