Breaking News
गुजरातमाथि आरसीबीको विराट जित, लगातार दोस्रोपटक आईपीएल फाइनलमा प्रवेश    ||     धुलिखेलमा स्कुटर दुर्घटना : २० वर्षीय युवकको ज्यान गयो    ||     खुर्कोट हिरासत मृत्यु प्रकरणः एसपीसहित १० प्रहरीमाथि कारबाही सिफारिस    ||     काठमाडौँमा रातिदेखि वर्षा, दिउँसोपछि फेरि पानी पर्ने सम्भावना    ||     पनौतीमा श्रीमद्भागवत महायज्ञको कोषलाई लिएर विवाद    ||     सुनकोसीमा पौडी खेल्ने क्रममा दुई बालकको दुःखद मृत्यु    ||     सडकमा युवाको मृत्युयात्रा: हरेक दुई दिनमा १५ जनाको ज्यान जाँदा पनि किन रोकिँदैन दुर्घटना?    ||     हारको समीक्षा गर्दै एमाले पुनर्गठनतर्फ, बादलको संयोजकत्वमा शक्तिशाली कार्यदल गठन    ||     संखुवासभामा १६९ मिमि वर्षा, बाढी–पहिरोको उच्च जोखिम    ||     ६ जिल्लामा तातो लहरको चेतावनी, ४० डिग्रीभन्दा बढी तापक्रम पुग्ने सम्भावना    ||    

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज, अध्यादेश स्वीकृत गर्ने तयारी

  •   १ वर्ष अघि | २४ माघ २०८१, बिहिबार

काठमाडौं । संघीय संसद्को दुवै सदन— प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ। संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक सवा १ बजे बस्नेछ।

आजको बैठकमा सरकारद्वारा प्रस्तुत अध्यादेशहरू स्वीकृत गर्ने वा अस्वीकार गर्ने प्रस्तावहरू छलफलमा रहनेछन्। साथै, अर्थ समिति, राज्यव्यवस्था तथा सुशासन समितिका प्रतिवेदनहरू पेस गरिने कार्यसूची रहेको संसद् महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका छन्।

सरकारले दुवै सभाबाट अध्यादेश पारित गराएर प्रतिस्थापन विधेयक ल्याउने तयारी गरिरहेको छ। प्रतिनिधि सभामा बहुमत रहेको भए पनि राष्ट्रिय सभामा आवश्यक मत पुर्‍याउन सत्ता पक्षले अन्य दलहरूसँग छलफल गरिरहेको छ।

५९ सदस्यीय राष्ट्रिय सभामा अध्यादेश पारित गर्न ३० सांसदको समर्थन आवश्यक पर्छ। सत्ता गठबन्धनसँग कांग्रेस (१६), नेकपा एमाले (१०) र लोकतान्त्रिक समाजवादी पार्टी (१) सहित २७ सांसद रहेका छन्। मनोनीत सांसद डा. अञ्जान शाक्य र वामदेव गौतमको समर्थन रहन्छ भन्ने सत्तापक्षको विश्वास छ। जनमोर्चाले विरोध जनाइसकेको अवस्थामा जनता समाजवादी पार्टी नेपालसँग सहकार्यको प्रयास भइरहेको छ।


  • Jigyasa media

थप