Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

एमालेको नयाँ नेतृत्व चयन आज, भृकुटीमण्डपमा बिहान ८ बजेदेखि विद्युतीय मतदान

  •   १० महिना अघि | २ पुस २०८२, बुधबार

काठमाडौं।

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज (बुधबार) निर्वाचन हुँदैछ। पटक–पटक सारिएको मतदान प्रक्रिया अन्ततः आज बिहान ८ बजेदेखि सुरु हुने एमाले नेताहरूले मंगलबार राति नै जानकारी दिएका छन्।

एमालेको ११औँ महाधिवेशन जारी रहेको काठमाडौंको भृकुटीमण्डपमा विद्युतीय भोटिङ मेसिनमार्फत मतदान हुने व्यवस्था गरिएको छ। पार्टी नेतृत्व चयनका लागि प्रविधिको प्रयोग गर्दै गरिएको यो निर्वाचनलाई चासोका साथ हेरिएको छ।

नेतृत्वको प्रतिस्पर्धामा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आ–आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन्। दुवै पक्षले महाधिवेशन प्रतिनिधिसँग अन्तिम चरणको मत माग्ने अभियान तीव्र पारेका छन्।

महाधिवेशनको निर्णायक मोडमा पुगेको यस निर्वाचनले एमालेको आगामी कार्यदिशा, संगठनात्मक संरचना र राजनीतिक रणनीतिमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।

  • Jigyasanepal

थप