Breaking News
गुजरातमाथि आरसीबीको विराट जित, लगातार दोस्रोपटक आईपीएल फाइनलमा प्रवेश    ||     धुलिखेलमा स्कुटर दुर्घटना : २० वर्षीय युवकको ज्यान गयो    ||     खुर्कोट हिरासत मृत्यु प्रकरणः एसपीसहित १० प्रहरीमाथि कारबाही सिफारिस    ||     काठमाडौँमा रातिदेखि वर्षा, दिउँसोपछि फेरि पानी पर्ने सम्भावना    ||     पनौतीमा श्रीमद्भागवत महायज्ञको कोषलाई लिएर विवाद    ||     सुनकोसीमा पौडी खेल्ने क्रममा दुई बालकको दुःखद मृत्यु    ||     सडकमा युवाको मृत्युयात्रा: हरेक दुई दिनमा १५ जनाको ज्यान जाँदा पनि किन रोकिँदैन दुर्घटना?    ||     हारको समीक्षा गर्दै एमाले पुनर्गठनतर्फ, बादलको संयोजकत्वमा शक्तिशाली कार्यदल गठन    ||     संखुवासभामा १६९ मिमि वर्षा, बाढी–पहिरोको उच्च जोखिम    ||     ६ जिल्लामा तातो लहरको चेतावनी, ४० डिग्रीभन्दा बढी तापक्रम पुग्ने सम्भावना    ||    

प्रधानमन्त्री ओली : अभिव्यक्ति स्वतन्त्रताको संरक्षण सरकारको प्राथमिकता

  •   १ वर्ष अघि | ९ फाल्गुन २०८१, शुक्रबार

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारबाट अभिव्यक्ति स्वतन्त्रताको हनन नहुने बताएका छन्। उनले विगतमा बोल्न नपाउने अवस्थासँग संघर्ष गरेर आएको स्मरण गराउँदै स्वतन्त्रता सीमाभित्र रहेर प्रयोग गर्नुपर्ने उल्लेख गरे।

ईश्वरलाल प्रतिष्ठानद्वारा प्रकाशित व्यवसायी तथा समाजसेवी राजेशकाजी श्रेष्ठको जीवनीमा आधारित पुस्तक ‘व्यक्तित्व योगदान’ को लोकार्पण कार्यक्रममा प्रधानमन्त्री ओलीले अभिव्यक्ति स्वतन्त्रता विषयमा भइरहेको बहसप्रति टिप्पणी गर्दै भने, “हिजो टिकटकमा प्रतिबन्ध लगाउनेहरू नै अहिले स्वतन्त्रताको हिमायती बनेका छन्।” उनले सरकार कानुनी प्रक्रियामार्फत सुशासन प्रवर्द्धन गर्दै राष्ट्रहितलाई प्राथमिकता दिने बताए।

प्रधानमन्त्री ओलीले अराजक गतिविधि, सामाजिक सद्भाव भड्काउने तथा गलत सूचनाहरू फैलाउने कार्यलाई स्वतन्त्रताको नाममा स्वीकार गर्न नसकिने धारणा व्यक्त गरे। साथै, उनले स्विट्जरल्यान्डको बैंकमा सम्पत्ति राखिएको भन्ने हल्लालाई खण्डन गर्दै आफ्नो जीवन पारदर्शी रहेको स्पष्ट गरे।

उनले व्यवसायी श्रेष्ठको योगदान स्मरण गर्दै उक्त पुस्तक नयाँ पुस्ताका लागि प्रेरणादायी हुने विश्वास व्यक्त गरे। "सुशासन र कानुनी सुधारमार्फत मात्रै समृद्धि सम्भव छ," प्रधानमन्त्री ओलीले थपे।


  • Jigyasa media

थप