Breaking News
गुजरातमाथि आरसीबीको विराट जित, लगातार दोस्रोपटक आईपीएल फाइनलमा प्रवेश    ||     धुलिखेलमा स्कुटर दुर्घटना : २० वर्षीय युवकको ज्यान गयो    ||     खुर्कोट हिरासत मृत्यु प्रकरणः एसपीसहित १० प्रहरीमाथि कारबाही सिफारिस    ||     काठमाडौँमा रातिदेखि वर्षा, दिउँसोपछि फेरि पानी पर्ने सम्भावना    ||     पनौतीमा श्रीमद्भागवत महायज्ञको कोषलाई लिएर विवाद    ||     सुनकोसीमा पौडी खेल्ने क्रममा दुई बालकको दुःखद मृत्यु    ||     सडकमा युवाको मृत्युयात्रा: हरेक दुई दिनमा १५ जनाको ज्यान जाँदा पनि किन रोकिँदैन दुर्घटना?    ||     हारको समीक्षा गर्दै एमाले पुनर्गठनतर्फ, बादलको संयोजकत्वमा शक्तिशाली कार्यदल गठन    ||     संखुवासभामा १६९ मिमि वर्षा, बाढी–पहिरोको उच्च जोखिम    ||     ६ जिल्लामा तातो लहरको चेतावनी, ४० डिग्रीभन्दा बढी तापक्रम पुग्ने सम्भावना    ||    

लोकतन्त्रकै पक्षधरहरूबाट लोकतन्त्रमाथि खतरा: राजेन्द्र महतो

  •   १ वर्ष अघि | २६ माघ २०८१, शनिबार

भैरहवा । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले लोकतन्त्रको मर्म बचाउनुपर्ने बेला आएको बताएका छन्। शनिबार भैरहवामा पत्रकारहरूसँग कुरा गर्दै उनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी जस्ता ठूला दलहरूले मुलुकलाई अधिनायकवादतर्फ धकेल्न खोजेको आरोप लगाए।

उनले भने, "यदि लोकतन्त्र विरोधीबाट खतरा भए लोकतन्त्रवादीहरू त्यसको विरुद्ध लड्ने नै थिए। तर, आज लोकतन्त्रकै लागि लडेका दलहरूबाट नै लोकतन्त्रमाथि खतरा उत्पन्न भएको छ।"

राजनीतिक दलहरूमाथि विश्वासघातको आरोप

महतोले विगत ३५ वर्षदेखि मुलुकमा शासन गरेका प्रमुख दलहरूले जनताको विश्वासघात गरी देशको आर्थिक व्यवस्था कमजोर बनाएको आरोप लगाए।

"जनताले कांग्रेस, एमाले र माओवादीलाई पटक–पटक सत्ता सुम्पिए। तर, उनीहरूले विकासको सट्टा जनतालाई निराशा मात्र दिए।"

"नेपाल प्रकृति र सम्पदाले धनी देश हो, तर आज गरिब राष्ट्रको सूचीमा किन सूचीकृत छ? यसको जवाफ ठूला दलहरूले दिनुपर्छ।"

उनका अनुसार युवाहरू रोजगारीका लागि विदेशिन विवश भएका छन्, देशको अर्थतन्त्र संकटमा छ, तर ठूला दलहरू स्वार्थमा लिप्त छन्।

नयाँ विकल्प खोज्नुपर्ने आवश्यकता

महतोले अब पुराना दलहरूलाई विस्थापित गर्दै नयाँ राजनीतिक शक्ति अगाडि आउनुपर्ने बताए।

"देशमा प्रभावकारी प्रतिपक्ष देखिएको छैन। राष्ट्रिय मुक्ति पार्टी नेपाल नागरिक अधिकारको रक्षाका लागि सत्ताको प्रतिपक्षमा उभिनेछ।"

मुकुम्लुङ (पाथीभरा) मा केबलकार निर्माणको विरोध

महतोले पाथीभरा (मुकुम्लुङ) मा केबलकार निर्माण गर्ने योजनाको विरोध गर्दै त्यसले स्थानीय सभ्यता र संस्कृतिमाथि ‘डकैती’ गर्न खोजिएको आरोप लगाए।

"मुकुम्लुङ धार्मिक आस्थाको केन्द्र हो। विकासको नाममा परम्परा मास्न पाइँदैन।"

"हामी त्यहाँ संस्कृति जोगाउन चाहन्छौं, पदयात्राको प्रवर्धन हुनुपर्छ, केबलकार होइन।"

उनले केबलकार निर्माण खारेज गर्ने विषयमा मात्र छलफल हुनसक्ने बताए।


  • Jigyasa media

थप