Breaking News
गुजरातमाथि आरसीबीको विराट जित, लगातार दोस्रोपटक आईपीएल फाइनलमा प्रवेश    ||     धुलिखेलमा स्कुटर दुर्घटना : २० वर्षीय युवकको ज्यान गयो    ||     खुर्कोट हिरासत मृत्यु प्रकरणः एसपीसहित १० प्रहरीमाथि कारबाही सिफारिस    ||     काठमाडौँमा रातिदेखि वर्षा, दिउँसोपछि फेरि पानी पर्ने सम्भावना    ||     पनौतीमा श्रीमद्भागवत महायज्ञको कोषलाई लिएर विवाद    ||     सुनकोसीमा पौडी खेल्ने क्रममा दुई बालकको दुःखद मृत्यु    ||     सडकमा युवाको मृत्युयात्रा: हरेक दुई दिनमा १५ जनाको ज्यान जाँदा पनि किन रोकिँदैन दुर्घटना?    ||     हारको समीक्षा गर्दै एमाले पुनर्गठनतर्फ, बादलको संयोजकत्वमा शक्तिशाली कार्यदल गठन    ||     संखुवासभामा १६९ मिमि वर्षा, बाढी–पहिरोको उच्च जोखिम    ||     ६ जिल्लामा तातो लहरको चेतावनी, ४० डिग्रीभन्दा बढी तापक्रम पुग्ने सम्भावना    ||    

रसिया-युक्रेन युद्धमा: पूर्व वडाध्यक्ष बुढाथोकीको मृत्यु .!

  •   १ वर्ष अघि | २७ फाल्गुन २०८१, मङ्लबार

रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका-५ जैमाकसलाका पूर्व वडाध्यक्ष तिर्खबहादुर बुढाथोकी रसिया-युक्रेन युद्धमा मारिएका छन्। उनको निधनको खबरले परिवार शोकमा डुबेको छ भने स्थानीय तहका नेतादेखि सर्वसाधारणसम्म स्तब्ध भएका छन्।

२०७४ को स्थानीय निर्वाचनमा नेकपा (एमाले) बाट वडाध्यक्ष निर्वाचित भएका बुढाथोकी २०७९ मा पुनः उम्मेदवार बनेका थिए, तर पराजय भोगेपछि रोजगारीको खोजीमा रसिया गएका थिए। पारिवारिक स्रोतका अनुसार उनी २०८० असोजमा रसियन सेनामा भर्ती भएका थिए।

उनको मृत्युको यकिन मिति नखुले पनि परिवारले फागुन २४ गते मात्र खबर पाएको छ। केही सातादेखि सम्पर्कविहीन बनेका बुढाथोकीले आफन्तसँग फोन र सामाजिक सञ्जालमार्फत रसियाको युद्ध अवस्थाबारे बेलाबेला जानकारी दिने गरेका थिए। उनले सेना छाडेर नेपाल फर्किने इच्छा व्यक्त गरे पनि युद्धभूमिमा नै उनको दुःखद अन्त्य भएको छ।

उनको मृत्युको खबर सामाजिक सञ्जालमा फैलिएपछि गाउँ नै शोकमग्न बनेको छ। सुनछहरी गाउँपालिकाका पूर्व अध्यक्ष आशबहादुर पुनले बुढाथोकीको निधनले गहिरो चोट पुगेको बताए। वडाध्यक्ष हुँदा सचिव रहेका नवराज रोकाले पनि उनको निधनप्रति गहिरो दुःख व्यक्त गरे।

मृतक बुढाथोकीका बुबाआमा, पत्नी, एक छोरा र एक छोरी छन्। युद्धरत मुलुकमा नेपाली युवाले ज्यान गुमाउनुपरेको घटनाले गम्भीर प्रश्नउठाएको छ।


  • Jigyasa media

थप