Breaking News
शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||    

‘समाजवादोन्मुख अर्थतन्त्र निर्माणमा बुद्धिजीवीको भूमिका अपरिहार्य’ : अर्थविद् थापा

  •   १ वर्ष अघि | २४ जेष्ठ २०८२, शनिबार

बनेपा, जेठ २४ ।

‘समृद्धिका लागि बुद्धिजीवी’ भन्ने मूल नाराका साथ नेपाल बुद्धिजीवी परिषद् काभ्रेपलाञ्चोक जिल्ला समितिद्वारा शनिबार ‘नेपाली अर्थतन्त्रको वर्तमान संरचना र त्यसलाई समाजवादोन्मुख तुल्याउन गर्नुपर्ने कार्य’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ।

बनेपाको चण्डेश्वरी मार्गस्थित भैरवकुण्ड पार्टी प्यालेसमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य तथा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य गोकुलप्रसाद बाँस्कोटा थिए। उनले बुद्धिजीवी वर्गलाई समृद्ध राष्ट्र निर्माणको अग्रपंक्तिमा उभिन आह्वान गर्दै समाजवादोन्मुख आर्थिक ढाँचा स्थापनाको अभियानमा नीतिगत स्पष्टता र बौद्धिक दबाब आवश्यक रहेको धारणा राखे।

कार्यक्रममा अर्थविद् नरबहादुर थापाले कार्यपत्र प्रस्तुत गर्दै वर्तमान नेपाली अर्थतन्त्र पुँजीमुखी संरचनामा अल्झिएको उल्लेख गरे। उनले भने, "आजको अर्थतन्त्रमा आम नागरिकभन्दा साना समूहका नाफामुखी स्वार्थ हाबी छन्। यो अवस्था परिवर्तन नगरी समावेशी र समाजवादोन्मुख अर्थतन्त्र सम्भव छैन।"


थापाले प्रस्तुत कार्यपत्रमा निम्न बुँदाहरू उल्लेखनीय छन्:

  • राजस्वमुखी शासन संरचनाले साना व्यवसायीलाई झनै थिचिरहेको छ, जसले उत्पादनशीलता घटाउँछ।
  • संघीयताको सही कार्यान्वयनमार्फत स्थानीय उत्पादन प्रवर्द्धन र रोजगारी सिर्जना गर्न सकिन्छ।
  • बैंक तथा वित्तीय प्रणालीलाई समाजमुखी बनाउनु जरुरी छ; नाफामुखी प्रवृत्तिले निम्न वर्गलाई अझै पछाडि धकेलिरहेको छ।
  • शिक्षा, स्वास्थ्य र कृषिमा राज्यको हस्तक्षेप र लगानी बढाएर वर्गीय असमानता घटाउन सकिन्छ।

कार्यक्रममा बुद्धिजीवी परिषद्का अध्यक्ष केशव थापाले बुद्धिजीवीहरूको दायित्व राष्ट्रिय विचारको निर्माण, चेतनाको जग बसाल्ने, र नीति निर्माण प्रक्रियामा दबाब सिर्जना गर्ने भएको उल्लेख गरे।

कार्यक्रममा विभिन्न क्षेत्रका बौद्धिक वर्ग, शिक्षक, पूर्व प्रशासक, विद्यार्थी र सञ्चारकर्मीहरूको सक्रिय उपस्थिति रहेको थियो। समृद्धि, समानता र न्याययुक्त समाज निर्माणमा बुद्धिजीवीको सक्रियतामै राष्ट्रिय भविष्यको आधार रहेको धारणा कार्यक्रममा व्यक्त गरियो।



आज आयोजित कार्यक्रममा प्रस्तुत वहाँको कार्यपत्रको पूर्ण पाठ पढ्न यस लिंकमा क्लिक गरी हेर्नुहोस् ।


drive.google.com



  • Jigyasanepal

थप