Breaking News
आज कोशीदेखि लुम्बिनीसम्म वर्षाको सम्भावना, मेघगर्जन–चट्याङको चेतावनी    ||     बैंक खाताबाट रकम चोरी बढ्दो, अनधिकृत लिंक नखोल्न प्रहरीको चेतावनी    ||     घरबाट हराएकी महिला शिवपुरीमा गाडिएको अवस्थामा भेटिइन्, हत्यामा संलग्न आरोपमा युवक पक्राउ    ||     पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||    

धान दिवस: माटोमा माया, युवामा आशा र भविष्यमा भरपर्दो खाद्य सुरक्षा

  •   १० महिना अघि | १५ असार २०८२, आइतवार

काभ्रेपलाञ्चोक

असार १५, रोपाइँको चटारो, माटोको गन्ध, हिलोमा खेल्ने उत्सव र सामूहिक सन्देश  आज नेपालभर २२औँ राष्ट्रिय धान दिवस हर्षोल्लासका साथ मनाइँदैछ। तर यो उत्सव सिर्फ परम्पराको अनुकरण होइन, खाद्य सुरक्षाको चेतना र बेरोजगारीविरुद्धको आवाज पनि हो।

नेपालको अर्थतन्त्र कृषि-प्रधान छ। कुल श्रमशक्तिमध्ये ६० प्रतिशतभन्दा बढी अझै पनि कृषि क्षेत्रमा आश्रित छन्। तर विडम्बना, देशको धान आयात बढ्दो छ, खाली जमिन विस्तार हुँदैछ, बेरोजगारी विकराल बनेको छ, र खाद्य सुरक्षाको अवस्था दिनानुदिन संकटग्रस्त बन्दैछ। यस्तो परिस्थितिमा धान दिवस सिर्फ उत्सव नभई चेतावनी हो हामीलाई माटो फर्कनुपर्छ, युवा खेत फर्कनुपर्छ, र नीति खेतमै फल्नुपर्छ।

खाली जमिन, खाली पेट र भरिएको बजार

नेपालमा पछिल्लो दशकमा लाखौं रोपनी जमीन बाँझो बसेको तथ्यांकले देखाउँछ। गाउँमा कृषि गर्न सक्ने हातहरू खाडी र कोरियातिर लागेपछि खेत बाँझो भएको हो। शहरमा बस्नेहरूलाई खेती गराउने नीति छैन, र सरकारको प्रोत्साहन कमजोर छ। जसको परिणाम — विदेशबाट आयातित चामलको मात्रा बर्सेनि बढिरहेको छ।

सन् २०२४ (वि.सं. २०८०) मा मात्र नेपालले झण्डै ६ अर्ब रुपैयाँ बराबरको चामल भारतबाट आयात गरेको थियो। जब खेत बाँझो छ, युवा विदेशमा छन्, अनि हामी विदेशी धानको भरमा बाँचेका छौं भने, त्यो राष्ट्रको भविष्य के होला?

धान, रोजगारी र आत्मनिर्भरता

आजको धान दिवसले हामीलाई भन्छ — धान दिवस ले कुनै अन्न  बालीको मात्र प्रतिनिधित्व गर्दै यसले नेपालमा खाद्य उत्पादन र सुरक्षाको विषयमा बहस गर्दाउँदै छ यो सम्भावनाको बीउ हो।

यदि हामी बाँझो जमिनमा उत्पादन गर्न सक्यौं भने, हजारौं युवालाई रोजगार दिन सक्छौं। आधुनिक प्रविधिको प्रयोग, सहकारी प्रणालीको विस्तार र सरकारी अनुदानमार्फत कृषि व्यवसायमा लगानी गर्न सकिने बाटाहरू प्रशस्तै छन्।

युवाहरूलाई रोजगारी विदेश होइन, आफ्नै खेतमा दिने नीति चाहिन्छ। माटोमै भविष्य खोज्न सक्ने रणनीति आजको माग हो।

खाद्य सुरक्षामा संकटको छाया

FAO अनुसार, नेपालमा अझै करिब ४० लाख मानिस खाद्य असुरक्षाको उच्च जोखिममा छन्। विशेषगरी पहाडी र दुर्गम भेगमा खाद्य आपूर्ति व्यवस्थित छैन। यस्तै अवस्थामा धान उत्पादनको राष्ट्रिय स्तरमा पुनर्जागरण गर्नु आवश्यक छ।

धेरै स्थानीय तहहरूमा “धानमा आत्मनिर्भर गाउँ” कार्यक्रम सुरु गरिए तापनि त्यसको प्रभावकारी कार्यान्वयन भएको देखिँदैन। उत्पादनभन्दा प्रचार बढी, किसानभन्दा दलाल बढी, र नीतिभन्दा नारा बढी सुनिन्छ।

उत्सव मात्र होइन, अभियान बनोस् धान दिवस

असार १५ अब मात्रै लोकगीत गाउने, हिलो खेल्ने, सेलफी खिच्ने दिन मात्र बन्नु हुँदैन। यो दिन हामी सबैलाई सम्झना दिलाओस्   हाम्रो माटोमै शक्ति छ, हाम्रो खेतमै भविष्य छ, र हाम्रो पेटको सुरक्षा पनि यतै छ।

अब आवश्यक छ 

बाँझो जमिनमा उत्पादन गर्ने ठोस कार्यक्रम

युवालाई कृषि रोजगारीमा जोड्ने नीति

किसानको उत्पादनलाई बजारसम्म पुर्‍याउने संरचना

अनि धान दिवसलाई परम्परा होइन, परिवर्तनको आन्दोलनमा बदल्ने साहस।

  • Jigyasanepal

थप