Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

मेलम्ची खानेपानी भ्रष्टाचार प्रकरण: पूर्वसचिव ठाकुरलाई ८ वर्ष कैद

  •   २ वर्ष अघि | ८ असोज २०८१, मङ्लबार

काठमाडौं: मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचार प्रकरणमा विशेष अदालतले ठूला सजायहरू सुनाएको छ। खानेपानी मन्त्रालयका तत्कालीन सचिव गजेन्द्रकुमार ठाकुरलाई ८ वर्ष १ महिना कैद सजाय सुनाइएको छ। उनलाई १० करोड १० लाख ६१ हजार ७५ रुपैयाँ बिगो असुल गर्नुपर्ने जरिवाना पनि तोकिएको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सार्वजनिक सम्पत्ति हिनामिना गरेको अभियोगमा ठाकुरलाई दोषी ठहर गरेको हो। ठाकुरमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो असुलउपर गर्नुपर्ने निर्णय गरिएको हो। साथै, उनले विशिष्ट श्रेणीको कर्मचारी भएको कारण थप १ महिना कैद सजाय पनि पाएका छन्।

अन्य दोषीहरूमा पनि सजाय:

ठाकुरसँगै मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशकद्वय सूर्यराज कँडेल र रामचन्द्र देवकोटालाई पनि सजाय सुनाइएको छ। कँडेललाई १० करोड १० लाख रुपैयाँ र देवकोटालाई २ करोड ९५ लाख बिगो असुलउपर गर्नुपर्ने फैसला भएको छ। उनीहरूलाई ८ वर्ष कैद र १ महिना थप सजाय दिइएको छ।

परामर्शदातालाई पनि सजाय:

परामर्शदाता इप्टिसा बिट्स जेभीका तत्कालीन टिम लिडर शिवकुमार शर्मालाई ८ वर्ष कैद र बिगो असुलको सजाय सुनाइएको छ। तर, उनको उमेर ६५ वर्ष नाघेको कारण २५ प्रतिशत छुट दिइँदै २ वर्ष कैद छुट दिइएको छ। परामर्शदाता ठेकेदार कम्पनी इप्टिसा र बीईटीएसलाई पनि जरिवाना र बिगो असुलउपरको सजाय तोकिएको छ।

ठेकेदार कम्पनीलाई ठहर:

निर्माण व्यवसायी सीएमसी डीरभेनालाई भ्रष्टाचारमा मतियार भएको भन्दै २६ करोड बिगो असुलउपर र जरिवाना तोकिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० फागुन ६ गते यस मुद्दामा तीन पूर्वसचिवसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

विशेष अदालतले पूर्वसचिवहरू सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय, मुकुन्दप्रसाद पौडेललगायत अन्य केही व्यक्तिहरूलाई सफाइ दिएको छ।


  • Jigyasa media

थप